काठमाडौं, १४ भदौ । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकमा कमिसनखोरको खेलो जारी रहेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत नेता भट्टराईले यस्तो बताएका हुन् ।
उनले भनेका छन्–‘ज्ञानेन्द्र गए,ओली गए तर कुर्सीको खेल जारी छ!भारत,खाडी पस्ने युवाहरूको लर्को जारी छ!कमिसनखोरको खेलो जारी छ!छिमेकीको हैकम जारी छ!जयसिंह धामीको वेपत्ता जारी छ!छाउपडी जारी छ!छोइछिटो जारी छ!मधेसी,थारू,जनजातिको पहिचानको खोजी जारी छ!श्रमिकको चुलो खाली छ!अत:वैकल्पिक शक्तिको खोजी जारी छ!”