Logo

एनसेलले ल्यायो एसईई दिएका विद्यार्थीले १ रुपैयाँमै सिम खरिद गर्न सक्ने योजना



काठमाडौं, १ । एनसेल आजियाटा लिमिटेडले विषेश अफर ‘पहिलो सिम’ ल्याएको छ । यस योजना अन्तर्गत २०७८ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरुले मात्र १ रुपैयाँमा प्रिपेड सिमको खरिदका साथै रिचार्जमा बोनस ब्यालेन्स, निःशुल्क माइफाइभ सेवा र बोनस डेटा लगायत विभिन्न फाइदा लिन सक्छन् ।

यो योजना मंगलबार (भदौ १५) आजदेखि संचालनमा ल्याउने भएको छ । एसईई २०७८ को परीक्षा प्रवेश पत्र भएका सबै विद्यार्थीले नजिकैको एनसेल सेन्टरबाट यो पहिलो सिम लिन सक्छन् । यो योजना अन्तर्गत पहिलो सिम लिने विद्यार्थीले सिम एक्टिभेट गरेको सातदिन भित्र रु १०० वा सो भन्दा बढिको पहिलो रिचार्जमा रु २० मेन ब्यालेन्स र ३० दिनसम्म प्रत्येक दिन १५० एमबी डेटा पाउँने कम्पनीले जनाएको छ ।

त्यसैगरी ५० वा सो भन्दा बढिको प्रत्येक रिचार्जमा ६ महिना सम्म विभिन्न बोनस सुविधाहरुको फाइदा लिन सक्छन् । यस्तो रिचार्जमा विद्यार्थीहरुले ३ दिन मान्य हुने ५०० एमबी डेटा, अन्य एनसेल नम्बरमा कलगर्न ५० मिनेट टक टाइम र त्यसैगरी अन्य एनसेल नम्बरमा पठाउन मिल्ने ५० वटा एसएमएस बोनस स्वरुप प्राप्त गर्छन् ।

कम्पनीको अनुसार विद्यार्थीहरुलाई यो सिम लिनका लागि आफ्नो एक प्रति पासपोर्ट साइज फोटो, आफ्नो कक्षा १० को मार्कसिटको फोटोकपी, आफ्नो नागरिकता वा आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपि आवश्यक पर्दछ । यो सिम विद्यार्थीले आफुलाई पायक पर्ने एनसेल सेन्टरबाट सिम लिन सक्छन् ।

भ्वाइस, डेटा र एसएमएसमा आकर्षक बोनस बाहेक यो योजनामा निःशुल्क माइफाइभ सेवा पनि उपलब्ध छ । विद्यार्थीहरुले आफुलाई सधै सम्पर्कमा रही रहनुपर्ने अधिकतम पाँच वटा एनसेल नम्बरहरु सजिलैसँग माइफाइभ समुहमा सेट गर्न सक्छन् । नम्बरहरु माइफाइभ समुहमा राखेपछि विद्यार्थीहरुले पहिलो ३० दिनसम्म ती नम्बरहरुमा मात्र ५० पैसा प्रति मिनेट शुल्कमा कुराकानी गर्न सक्छन् । ३० दिनपछि, रु १०० वा सो भन्दा माथिको रिचार्जमा यो सेवाले निरन्तरता पाउँने एनसेलले जनाएको छ ।

विद्यार्थीहरुले एस्ट्रिक्स १७१६४ ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार आफु सधै सम्पर्कमा रहनुपर्ने पाँच वटा एनसेल नम्बरलाई माइफाइभ समुहमा राख्न सक्छन् । माइफाइभ सेवाको समुहमा ५ वटा नम्बर राखि सकेपछि त्यसमा रहेका कुनै नम्बर हटाई अर्को नम्बर समावेश गर्नुपर्ने भएमा प्रत्येक परिवर्तनको कर बाहेक रु ५ शुल्क लाग्नेछ ।

एसईई सकेका विद्यार्थीका लागि सुलभ दरमा दूरसञ्चार सेवामा पहुँच सुनिश्चित गराउँन पहिलो सिम योजनालाई निरन्तरता दिन पाएकोमा कम्पनी खुसी रहेको एनसेलले जनाएको छ । विभिन्न सेवाहरु बन्डल गरिएको यो पहिलो सिम योजनाले विद्यार्थीहरुलाई साथीभाई, परिवारजनसँग सम्पर्कमा सही रहन र मोबाइल इन्टरनेटको माध्यमबाट विश्वसँग जोडिन ठूलो महत्व राख्ने विश्वास एनसेलले लिएको छ ।



प्रतिक्रिया दिनुहोस्