Logo

सभापतिको साझा उम्मेद्धवार तय गर्न पौडेल समूह छलफलमा, मन्त्री पनि आजै छान्ने



काठमाडौं, १५ भदौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समूहको छलफल राखेका छन् । आसन्न १४औं महाधिवेशनमा सभापतिको साझा उम्मेद्धवार चयन गर्नेगरि छलफल सुरु भएको हो । पौडेल निवास बोहोराटारमा सुरु बैठकमा संस्थापनईतरका नेताहरुको सहभागिता रहेको छ । पौडेल पक्षले सभापतिमा सहमतिमा एक जनामात्रै उम्मेद्धवार उठाउने तयारी गरेको छ ।

पौडेल समूहबाट यसपटक सभापतिको आकांक्षीमा पौडेल स्वयम, प्रकाशमान सिंह, डा. शशांक कोइराला, शेखर कोइराला र सुजाता कोइराला देखिएका छन् । तर, यीमध्ये जो उठेपनि एक जनामात्रै उठ्नेगरि यो समूह अहिले छलफलमा जुटेको छ । महाधिवेशन नजिकिँदै जाँदा कांग्रेसमा उम्मेद्धवारी घोषणा गर्ने क्रम चलेको छ । त्यस्तै, आजको बैठकमा पौडेल समूहले वर्तमान सरकारमा सहभागी हुने आफ्नो समूहका मन्त्रीहरुको नामसमेत तय गर्ने बुझिएको छ ।

स्रोतकाअनुसार प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले पौडेल समूहलाई २ वटा मन्त्रालय दिने भनेका छन् । तर, पौडेलले भने तीन वटा मन्त्रालय मागेका छन् । पौडेल यसपटक सुजाता कोइराला र तेजुलाल चौधरीलाई मन्त्री बनाउन चाहेका छन् । प्रधानमन्त्री देउवाले यही साता मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थालेका छन् । तर, गठबन्धनमा आवद्ध दलबीच मन्त्रालयमा भागबण्डा नमिल्दा समस्या उत्पन्न भैरहेको छ । file photo



प्रतिक्रिया दिनुहोस्