काठमाडौं, १५ भदौ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विना मगरलाई मन्त्री बनाउन नपाउने तर्क गरेको विषय आफूलाई मन नपरेको टिप्पणी गरेका छन् । उनले प्रचण्डले माओवादी अध्यादेशबाट समेत नबनाएको भन्दै व्यङ्ग्य समेत गरेका छन् ।
प्रचण्डले पार्टी बनाउने र अरुले निर्देशन दिने भन्दै उनले आलोचना समेत गरेका छन् । आज ट्वीट गर्दै उनले माधव नेपाल र नारायणकाजी श्रेष्ठमाथि एकसाथ व्यङ्ग्य गरेका छन् ।
बाँस्कोटाले लेखेका छन्ः खाइॅंदो परेको कुरा त होईन तर प्रचण्डले वीना मगरलाई मन्त्री बनाउन नपाउने तर्क गरेको मलाई फिटिक्कै मन परेन।प्रचण्डले माधबले जस्तो अध्यादेशबाट माओवादी बनाको हैन न त काजीले जस्तो युध्द सकिएपछि ओते छाप पार्टी बनाको हो।प्रचण्डले पार्टी बनाउने अरुले फरमान जारी गर्ने? त्यो मिल्दैन!