काठमाडौं, १८ भदौ । नेपाली बजारमा सुनचाँदीको मुल्य केही दिन यता बृद्धि हुँदै आएको छ । बिहीबार प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज १ सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला ९० हजार ९ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुनको मुल्य शुक्रबार प्रतितोला ९० हजार ४ सय रुपैयाँमा खरिद बिक्रि भएको छ ।
यसैगरी, साताको कारोबारको अन्तिम दिन आज चाँदीको मुल्य भने घटेको छ । आज चाँदी प्रतितोला ११ सय ९५ रुपैयाँमा किनबेच भैरेहको महासंघले जनाएको छ ।