काठमाडौं, १८ भदौ । कुमारी बैंक लिमिटेडले बढ्दै गएको कोभिड–१९को सङ्क्रमणसँग जुध्नका लागि “निःशुल्क एन्टिजेन् टेस्ट् क्याम्प” को आयोजना गरेको छ ।
बैंकको अनुसार उक्त क्याम्प काठमाडौंको टङ्गालस्थित कुमारी बैंकको कर्पोरेट कार्यालयमा आज सम्पन्न भएको हो । क्याम्पमा आफ्नो नाम तथा नम्बर दर्ता गराई एन्टिजेन् टेस्ट गराउने व्यक्तिको कोरोना सङ्क्रमण भए–नभएको रिपोर्ट १५ मिनेटमा नै दिएको बैंकले जनाएको छ।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना विरुद्धको लडाईमा सहयोग गर्ने उद्देस्यले उक्त कार्यकम आयोजना गरेको हो ।
बैंकले आफ्नो डिजिटल सामथ्र्यलाई परिस्कृत गर्न देशव्यापी १९६ शाखा सञ्जाल, १६५ एटिएम, २८ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे छ ।
आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने प्रतिबद्धता समेत जनाएको छ ।