Logo

ओलीले लगाए माधव नेपालमाथि पैसामा बिक्ने गरेको आरोप (भिडियोसहित)



काठमाडौं, १९ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपाल पैसामा बिक्ने व्यक्ति भएको आरोप लगाएका छन् । उनले नेपालमाथि पैसाका लागि विभिन्न धार्मिक संगठनको कार्यक्रममा समेत सरिक भएको आरोप लगाए ।

‘मौका मिल्दा बुद्धिष्ट संगठनको अध्यक्ष समेत बन्ने, दक्षिणा प्राप्त हुन्छ भने,’ ओलीले माधव नेपालमाथि व्यङ्ग्य गर्दै भने । विगतमा तत्कालिन राजा ज्ञानेन्द्र शाहलाई दाम चढाएको समेत उल्लेख गरे । उनले भने, वरिपरि दाम चढाएर हुलाकबाट प्रधानमन्त्री बन्न पाऊँ भनी निवेदन हालेको ।

माधव नेपाल जस्तो सरम पचेको मान्छे नदेखेको आरोप लगाए । उनले भने, ‘माधव नेपाल जस्तो सरम पचेको मान्छे दुनियाँमा देखेको पनि छैन ।’

माधव नेपालले पार्टीको नेतृत्व गर्दा नेकपा एमालेको खराब अवस्था रहेको बताए । माधव नेपाल पार्टी भन्दै भविष्यमा उनी एक्लै हुने समेत ठोकुवा गरे ।

भिडियोका लागि यहाँ थिच्नुहोस्

Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्