Logo

नेपाललाई अफगानिस्तान बनाउने एमसीसी खारेज हुनुपर्छ : धर्मेन्द्र बास्तोला



काठमाडौं, भदौ २२ । नेकपा (विप्लव) का नेता धर्मेन्द्र बास्तोलाले एमसीसी नेपालको हितमा नभएकाले खारेज गर्नुपर्ने बताएका छन् । एमसीसी पारित भएको खण्डमा अफगानिस्तान बनाउने खतरा रहेको उनको आरोप लगाए ।
आज बिहान नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता वास्तोलाले भने, “एमसीसी नेपालको हितमा छैन । यसलाई पूर्णतः खारेज गर्नुपर्छ । यसले नेपाली जनतालाई कंगाल बनाउँछ । देशको परराष्ट्र नीतिविपरीत हुन्छ । त्यसैले देशलाई अफगानिस्तान बनाउने एमसीसीका सम्पूर्ण प्रक्रिया खारेजप्का लागि जनदबाब उठेको हो ।”
उनले अमेरिकासँग नेपालले एमसीसी नमागेको र त्यो अनुदान नभएको पनि बताए । उनले थपे, “यो नेपालले मागेको पनि होइन, अनुदान पनि होइन । एनसेलबाट ७२ अर्ब उठाउन नसक्ने अनि ५५ अर्बका लागि राष्ट्रघात गर्ने ? नेपालको भूसंवेदनशील अवस्थालाई दुरुपयोग गरेर एमसीसी भारतलाई टुक्रा पार्न चाहन्छ, चीनलाई पनि तनाव दिने उद्देश्यसहित आएको छ । अब ज्ञानेन्द्रबहादुर कार्कीले आफ्ना बाध्यता जनतासामु हुन्छ । सहयोगका नाममा उपनिवेश सैह्य हुन्न ।”
नेता बास्तोलाले माओवादी केन्द्रसँग एकताका लागि प्रयत्न हुने पनि बताए । उनले भने, “नीतिगत हिसाबले एकता सम्भव छ । तर एकताका लागि कुराकानी भएको छैन । हामी बृहत् कम्युनिस्ट एकता चाहन्छौं । त्यसमा प्रचण्डजी पनि पर्नुहुन्छ । प्रचण्डले अब संसदीय व्यवस्था चल्दैन भनिसकेकाले अब सहज भएको छ ।”

उनले भोलिबाट सुरु हुने केन्द्रीय समिति बैठकमा एमसीसी, जटिल राजनीतिक अवस्थाको निकास आदि एजेन्डा रहेको पनि बताए । केपी ओली सरकारसँग भएका तीन बुँदे सहमतिमध्ये पार्टी प्रतिबन्ध फुकवाबाहेक अरु पालना नभएको उनको आरोप छ । उनले भने, “यसको कार्यान्वयनका लागि प्रधानमन्त्री र गृहमन्त्रीलाई भेटेर जानकारी गराएका छौं । सरकारले गरेका सहमति कार्यान्वयन नगर्दा प्रश्न उठ्छ । यसको तत्काल कार्यान्वयन आवश्यक छ ।”



प्रतिक्रिया दिनुहोस्