Logo

संसद् बैठकअघि सिंहदरबारमा गठबन्धनको बैठक बस्दै



काठमाडौं, २३ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) आजको संसद् बैठकमा आक्रामक रुपमा प्रस्तुत हुने भएपछि सत्तापक्षीय गठबन्धनको बैठक बस्ने भएको छ । कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा गठबन्धनको बैठक बस्ने भएको हो ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बैठक बोलाएको कांग्रेस नेताले रिपोर्टर्स नेपाल डटकमलाई जामनकारी दिए । ती नेताका अनुसार आजको बैठकमा अब संसद्मा कसरी प्रस्तुत हुने र एमालेले अवरोध गरे कसरी डिफेन्स गर्ने लगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, आजको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे पनि छलफल हुने बताइएको छ । file photo



प्रतिक्रिया दिनुहोस्