Logo

एमालेविरुद्ध सशक्त रुपमा गठबन्धन अघि बढ्छ : वर्षमान पुन



काठमाडौं, २३ भदौ । नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री वर्षमान पुनले एमालेविरुद्ध सत्तापक्षीय गबन्धन आक्रामक रुपमा प्रस्तुत हुने बताएका छन् । एमालेले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध संसद् बैठकमा नाराबाजी गरेपछि र बैठक अवरोध गरेपछि पुनको यस्तो टिप्पणी आएको हो ।

उनले भने,‘एमालेले संसद् पनि खायो । सभामुखको विरुद्धमा पनि अहिले गएको छ । खासगरी एमाले लोकतन्त्र र अहिलेको राजनीतिक प्रणाली विरोधी पार्टी हो । संसदीय अभ्यासमा यसरी सभामुखको आलाचेना गर्न पाईँदैन् । यसको विषयमा हामी सत्तापक्षीय गठबन्धनको बैठकमा कुरा उठेको छ । हामी कडा रुपमा जान्छौं ।’

file photo



प्रतिक्रिया दिनुहोस्