Logo

महन्थ ठाकुरको प्रश्न : यो सरकारको आयु नै कति छ र ?



काठमाडौं, २३ भदौ । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले वर्तमान सरकार लामो समयसम्म नटिक्ने दाबी गरेका छन् । संघीय संसद् भवनअघि पत्रकार ऋषि धमलासँग संक्षिप्त कुरा गदै अध्यक्ष ठाकुरले यस्तो बताएका हुन् । उनले भने,‘यो सरकारले अहिलेसम्म पूर्णता पाएको छैन् । हेर्नुहोस त अहिलेसम्म मन्त्रिपरिषद विस्तार भएको छैन् । यो सरकारको आयु कति नै हो र ?’

ठाकुरले आफूहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपनि प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् । उनले भने,‘हामीले विश्वासको मत दिएपनि विपक्षी दलको भूमिका निर्वाह गर्छौं ।’ उनले नेकपा (एमाले) ले संसद् अवरोध संविधानसम्मत् नै रहेको बताए । उनले आफ्नो पार्टी कुनैपनि हालतमा सरकारमा सहभागी नहुने बताए । file photo



प्रतिक्रिया दिनुहोस्