Logo

केपी ओली यो राष्ट्रको नायक हो, उहाँले देखाएको बाटोमा नै राष्ट्र हिँड्ने हो : सुमन प्याकुरेल (भिडिओसहित)



काठमाडौं, २४ भदौ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा राष्ट्रियसभा सदस्य सुमन प्याकुरेलले सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो मर्यादाअनुसार भूमिका निर्वाह नगरेको टिप्पणी गरेका छन् । उनले आफ्नो पार्टीले माधव नेपालसहित १४ जना सांसदलाई विधिसम्मत् रुपमा कारबाही गर्दापनि सभामुखले पदमुक्त नगरेको भन्दै आक्रोश पोखे ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको सत्तापक्षीय गठबन्धनको कारण एमाले फुटेको दाबी गरे । उनले पार्टीभित्र हुने अन्तरविरोध स्वभाविक रहेको पनि सुनाए । उनले दल विभाजनको लागि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै भूमिका नखेलेको पनि दाबी गरे ।

उनले अध्यक्ष ओलीलाई यो देशकै सबैभन्दा ठूलो नेता र राष्ट्रकै नायकको संज्ञा दिए । उनले भने,‘केपी ओली यो देशकै सबैभन्दा ठूलो नेता हो । उहाँ राष्ट्रको नायक हो । उहाँले देखाएको बाटोमा नै राष्ट्र हिँड्ने हो ।’ उनले प्रचण्डको नेपाली राजनीतिमा के हैसियत छ र ? भन्दै कडा प्रश्नसमेत गरे ।



प्रतिक्रिया दिनुहोस्