Logo

गरिमा बैंकका ग्राहकले द एभरेष्ट होटलमा १५ प्रतिशतसम्म छुट पाउने



काठमाडौं, २५ भदौ । गरिमा विकास बैंकका ग्राहकलाई ‘द एभरेष्ट होटल’ मा १५ प्रतिशसम्म छुट दिने भएको छ । काठमाडौंको नयाँबानेश्वरमा अवस्थित ५ तारे होटलसँग शुक्रबार बैंकले ग्राहकको लागि विभिन्न सेवा सुविधामा आर्कषक छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको जनाएको छ ।

सम्झौता अनुसार गरिमा विकास बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोग गरी बिल भुक्तानी गर्ने ग्राहकहरुले ‘द एभरेष्ट होटल’बाट फुड एण्ड वेभरेज र स्पा मेम्बरसीप प्याकेजमा १५ प्रतिशत सम्मको छुट पाउने बैंकले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्