एजेन्सी, २६ भाद्र । यस वर्षको युएस ओपन टेनिसको पुरुषतर्फको फाइनमा नोभाक जोकोभिक र डानिल मेडभेडेभ भिड्ने भएका छन् । दुवैले सेमिफाइनलमा आफ्ना प्रतिद्वन्द्वीलाई हराएर फाइनलको यात्रा तय गरेका हुन् ।
विश्व नम्बर एक सर्बियाली जोकोभिकले शनिबार विहान भएको खेलमा विश्व नम्बर चार जर्मनीका अलेक्जेन्डर जेभरेभलाई कठिन प्रतिष्पर्धामा पराजित गरेका हुन् । उनले ४-६, ६-२, ६-४, ४-६ र ६२ को पाँच सेटमा जित हासिल गरे । अब जोकोभिकले फाइनल जितेमा उनी पुरुष टेनिसतर्फ २१ ग्रान्ड स्लाम जितेमा किर्तिमानी खेलाडी बन्नेछन् ।
यसअघि भएको खेलमा रुसका मेडभेडेभले क्यानडाका फेलिक्स अगर अलिआसिमेलाई ६-४, ७-५ र ६-२ को सोझो सेटमा पराजित गरे । जारी युएस ओपनमा मेडभेड उत्कृष्ट लयमा छन् । उनले खेलेका सबै प्रतिष्पर्धामा एक सेटमात्र गुमाएका छन् ।