Logo

एमाले स्थायी कमिटी बैठक आजै बस्नेगरि स्थगित्



काठमाडौं, २६ भदौ । नेकपा (एमाले) को स्थायी कमिटी बैठक केहीबेर बसेर स्थगित् भएको छ । तर, बैठक आजै बस्नेगरि स्थगित् गरिएको नेता योगेश भट्टराईले जानकारी दिए । आजको बेठकमा पार्टीको विधान महाधिवेशनबारे छलफल हुने बताईएको छ।

खासगरी विधान महाधिवेशनका प्रतिनिधि छनौटमा थप छलफल गर्नु पर्ने भएपछि स्थायी कमिटी बैठक स्थगित् गरिएको हो । भट्टराईकाअनुसार असोज ४ र ५ मा आयोजना हुने विधान महाधिवेशनमा ३ हजार प्रतिनिधि सहभागी गराउने सहमति भए पनि त्यसमा सहभागी हुनेहरूको बारेमा थप छलफल आवश्यक भएको हो । File Photo



प्रतिक्रिया दिनुहोस्