काठमाडौं, २६ भाद्र । नेकपा एमालेको विधान महाधिवेशनका लागि प्रतिनिधिको टुंगो लगाइने भएको छ । आज विहान बसेको स्थायी कमिटी बैठकले विधान महाधिवेशनमा प्रतिनिधिलगायतका विषयको खाकाबारे छलफल गरेपनि टुंगो लगाउन सकेन । बैठक साँढे ३ बजे फेरि बसेर टुंगो लगाइने सचिव योगेश भट्टराईले जानकारी दिएका छन् ।
संगठन विभागबाट ३ हजार जति प्रतिनिधिबारे प्रस्ताव आएको र को को सहभागी हुनेबारे आजै टुंगो लाग्ने भट्टराईले बताए । उनले भने, छलफल नसकिएकाले आज फेरि बैठक बस्छ ।
विधान महाधिवेशनमा प्रस्तुत हुने विधान, राजनीतिक र सांगठनिक प्रतिवेदनबारे पनि छलफल गरी टुंग्याइने भट्टराईले जानकार दिए ।
एमालेको विधान महाधिवेशन भाद्रको २७ र २८ गते काठमाडौंमा हुनेछ । विधान महाधिवेशनमा कतिपय विधान संशोधनको तयारी भएको छ ।
विधान महाधिवेशनमा केन्द्रीय विभाग, निकायका अलावा प्रदेश, जिल्ला र विशेष कमिटी, जनसंगठन, सांसद, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलगायत सहभागी हुने खाका तयार भइसकेको छ ।-File Photo