काठमाडौं, २६ भदौ । नेकपा एमालेको विधान अधिवेशन सरेको छ । आज बसेको स्थायी कमिटी बैठकले अधिवेशन असोजको तेस्रो हप्ता गर्ने गरी सरेको हो ।
विधान महाधिवेशन असोज १५ देखि १७ सम्म काठमाडौंमा गर्ने निर्णय भएको एमालेले जनाएको छ । यसअघि विधान महाधिवेशन असोज ४ देखि ६ सम्म गर्ने निर्णय भएको थियो ।
एमालेको विधान महाधिवेशनका लागि ३ हजार प्रतिनिधि चयन भएको बुझिएको छ । तर, १० प्रतिशत मनोनितको टुंगो लाग्न बाँकी छ । यसका लागि समय लाग्ने भएकाले अधिवेशन सरेको बुझिएको छ । ।-File Photo