काठमाडौं, भदौ २७ । मन्त्रिपरिषद विस्तार लगायत विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध गरिरहेको बेला बस्न लागेको बैठकमा संसदमा सत्तापक्षको रणनीति र मन्त्रिपरिषद विस्तारका सन्दर्भमा छलफल हुने बताइएको छ । बैठकमा दलसम्बन्धी अध्यादेशबारे छलफल हुने जनाईएको छ ।
विहान १० बजेका लागि बोलाईएको भएपनि केहि समय ढिला गरि बैठक सुरु भएको छ ।