काठमाडौं, भदौ २७। प्रतिनिधिसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभााको नवौं अधिवेशनअन्तर्गत चौथो बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।
सङ्घीय संसद् सचिवालयले आजको बैठकमा सम्भावित २३ कार्यसूची तय गरेको छ । शुक्रबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बीच सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो ।
आज बस्ने प्रतिनिधिसभाको बैठक पनि एमालेले अवरोध कायमै राख्ने तयारी गरेको छ । शनिबार बसेको एमाले स्थायी समिति बैठकले प्रतिनिधिसभाको बैठक अवरोध कायमै राख्ने तर सांसदलाई मर्यादित भएर विरोध गर्न निर्देशन दिइसकेको छ । यसबारे थप जानकारी दिन एमाले संसदीय दलको बैठक अहिले १२ बजे बस्ने तयारीमा छ ।