काठमाडौँ, २७ भदौ। सभामुख अग्नी सापकोटाले नेकपा (एमाले) विभाजन गराउन सहयोग गरेकाले संसद अवरुद्ध गर्नुपरेको एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले बताएका छन् ।
आइतबार संसद भवनमा आयोजित संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘सत्ता गठबन्धन गलत बाटोमा हिँडेको छ । नेकपा एमाले विभाजन गराउन सभामुखको गैरकानुनी संलग्नता देखियो । । अवरोध गर्न पर्छ । सभामुखले गैर कानुनी काम गरेपछि हामीले विरोध जनाएका हौं ।’