Logo

संसद् अवरोध कायमै राख्न ओलीको निर्देशन, सभामुखमाथि माईक प्रहार गर्ने निर्देशन नभएको जिकिर



काठमाडौं, २७ भदौ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् अवरुद्ध कायमै राख्ने जनाएका छन् । आज बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले सभामुखले एमाले विभाजन गर्नको लागि भूमिका खेलेको भन्दै संसद् बैठकमा अवरोध कायमै राख्न सांसदहरुलाई निर्देशन दिएका हुन् । तर, संसदमा अवरोध गर्दा संसदीय मर्यादालाई भने ख्याल गर्नुपर्ने उनको भनाई थियो ।

उनले सांसदहरुलाई निर्देशन दिँदै भनेका थिए,‘हामीले संसदमा अवरोध गर्नुपर्छ । तर, नारा लगाउने र बेल घेर्ने भन्दा बाहिर नजानुुस् ।’ यसअघि शुक्रबारको प्रतिनिधिसभाको बैठकमा एमालेका केही सांसदहरुले सभामुखमाथि चर्को नाराबाजी गरेका थिए ।

सो क्रममा केही सांसदहरु र मर्यादापालकबीच घम्साघम्सी परेको थियो । सांसद रेखा कुमारी झाले त सभामुखमाथि माईक हान्ने योजना थियो र यसमा अध्यक्ष ओलीको नै निर्देशन थियो भन्ने अभिव्यक्ति दिएकी थिईन् । तर, अध्यक्ष ओलीले भने सभामुखमाथि माईक हान्ने कुनै योजना नभएको स्पष्ट पारेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्