Logo

पूर्वपश्चिम राजमार्गको कञ्चनपुर खण्ड अवरुद्ध



कञ्चनपुर, भदौ ३० । जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ५ चिनी मिल नजिक एम्बुलेन्सले ठक्कर दिँदा साइकलमा सवार यात्रीको मृत्यु भएको छ। पूर्व पश्चिम राजमार्गमा अत्तरियाबाट महेन्द्रनगर जाँदै गरेको म १ च २८८ नम्बरको एम्बुलेन्सले दुध बोकेको साइकललाई ठक्कर दिएको हो।

प्रहरीका अनुसार ठक्करबाट गम्भीर घाइते भएका साइकल चालक कृष्णपुर ५ का ४५ वर्षीय कृष्ण बहादुर ऐरको उपचारका क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। ऐरलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल ल्याइएको र त्यसपछि सेती प्रादेशिक अस्पताल रेफर गरिएको थियो ।

बाँस्खेडा ऐरी रेडक्रस उपशाखाको एम्बुलेन्सका चालक भीमदत्त नगरपालिका १६ का ४० वर्षीय गणेश विष्ट र एम्वुलेन्स इलाका प्रहरी कार्यालय झलारीको नियन्त्रणमा रहेको प्रहरीले बताएको छ । दुर्घटनापछि स्थानीयले बुधवार बिहानैदेखि पुर्व पश्चिम राजमार्गमा टायर वालेर प्रदर्शन गर्दै सडक अवरुद्ध गरेका छन्।



प्रतिक्रिया दिनुहोस्