Logo

वृज सिमेन्टको एक्सपर्ट मेशन क्लबमा आवद्ध सदस्यको परिवारलाई सहयोग



काठमाडौं, ३ असोज । वृज सिमेन्टको एक्सपर्ट मेशन क्लबमा आवद्ध सदस्यको परिवारलाई ५ लाख सहयोग सहयोग गरेको छ ।
क्लवमा आवद्ध सदस्यलाई घरले च्यापिएर मृत्यु भएपछि परिवारलाई कम्पनीले आर्थिक सहयोग गरेको हो ।

यही जेठ ८ गते क्लबका सदस्य प्युठान नौबहिनी गाउँपालीका १ स्याउली वाङका ३९ वर्षिय बोम बहादुर मल्ल, उनकी श्रीमती र छोरा गरी तिन जनाको घटनास्थलमै मुत्यु भएको थियो । सोही परिवारलाई वृज सिमेन्टले पाँच लाख रुपैयाँ बीमा बापतको रकम हस्तान्त्रण गरेको हो । कम्पनीका एरिया सेल्स म्यानेजर नारायण जिसीले मृतककी छोरी कुमारी मल्ललाई पाँचलाखको चेक हस्तान्तरण गरेका छन् ।

देशका विभिन्न स्थानहरुमा एक्सपर्ट मिट कार्यक्रम गर्दै निर्माणक्रर्मीलाई एक्सपर्ट मेशनक्लबमा आवद्ध गरेर विमा सहितका थप सुविधा प्रदान गर्दै आएको कम्पनीका सेल्स म्यानेजर नुमेन्द्र पौडेलले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्