काठमाडौं, ४ असोज । बुढिगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले आयोजना निर्माणको लागि दबाब दिने उद्देश्यले आज धर्ना कार्यक्रमको आयोजना गरेको छ । काठमाडौंको माईतीघर मण्डलामा आयोजित धर्ना कार्यक्रममा पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पनि सहभागी छन् । संघर्ष समितिले आजबाट रिले अनशन सुरु गरेको हो ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम