Logo

राष्ट्रियसभामा विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत



काठमाडौँ, ५ असोज: राष्ट्रियसभाले ‘विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस’्भन्ने प्रस्तावलाई बहुमतद्वारा स्वीकृत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रियसभाको आजको बैठकमा उक्त प्रस्ताव पेस गरेका थिए ।

त्यसअघि बैठकमा नेकपा (एमाले)का सांसद भैरवसुन्दर श्रेष्ठले राजनीतिक दलसम्बन्धी अध्यादेशले विग्रह निम्त्याएको आरोप लगाए । उनले पार्टी अनुशासन विरोधी गतिविधि गरेका १४ सांसदमाथि आफ्नो पार्टीले गरेको कारबाहीसम्बन्धी सूचना प्रकाशित नगरिएका आपत्तिसमेत जनाए । राष्ट्रियसभाको अर्को बैठक यही असोज ७ गते दिउँसो २ बजे बस्नेछ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्