काठमाडौं, ६ असोज । नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको सपथ लिएलगत्तै सिंहदरबारस्थित् मन्त्रालयमा पुगेर खड्काले पदभार ग्रहण गरेका छन् ।
उनले आफूलाई परराष्ट्रमन्त्री नियुक्त गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवा र गठबन्धनका नेताहरुलाई धन्यवाद दिएका छन् । उनले राष्ट्रिय हितलाई अघि बढाउनको लागि राष्ट्रिय सहमति कायम गर्दै अघि बढ्ने पनि विश्वास दिलाएका छन् । उनले परराष्ट्रलाई एउटा गतिशिल रुपमा अघि बढाउने प्राथमिकता रहेको सुनाए ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम