एजेन्सी, ६ असोज। बसाईसराईका कारण सबैभन्दा ठूलो असर बालबालिकामा पर्दछ । एउटा अध्ययनले चीनमा भइरहेको तीव्र विकास र सहरीकरणले गर्दा बसाइसराइ बढेको र बालबालिकाको स्वास्थ्य, पोषण र शिक्षा क्षेत्रमा तीव्र असर परेको देखिएको छ।
बालबालिकाहरु हेरचाह गर्नेको भरमा छाडिने गरेका छन् । यो परिपाठी निकै विकास भएको छ । कतिपय अवस्थामा बाबुआमाले बालबालिका ग्रामिण क्षेत्रमा नै छाडेर जाने गरेका छन् । यसकारण उनीहरुको शिक्षा, स्वास्थ्य र पोषणमा समस्या देखिएको हो।
गैरसरकारी संस्था हेल्थ अफियर्सले करिब एक लाख ४१ हजार बालबालिकामा गरेको अनुसन्धानका क्रममा विभिन्न नौवटा सूचकहरु बनाएको थियो। जसमा स्वास्थ्य, पोषण, शिक्षालगायतका क्षेत्रमा पारेको असरको बारेमा अध्ययन गरेको छ ।
अध्ययनमा समावेश गरिएका नौवटा सूचकमा नै बालबालिकाहरु पछि परेको पाइएको हो। उक्त अध्ययनले बालबालिकाको स्वास्थ्यमा सुधार गर्नुपर्ने, पोषणमा ध्यान दिनुपर्ने र शिक्षाका कुरामा बालबालिकालाई विशेष जोड दिनुपर्ने सुझाइएको हो।
चीनमा बढ्दै गइरहेको विभिन्न नीति र गैरसरकारी संस्थाहरुले यस्ता बालबालिकाहरुलाई लक्षित गर्दै विभिन्न कार्यक्रमहरु गरिरहेका छन्। चीनमा गरिएको एक अध्ययनमा बालबालिकामाथि गम्भीर असर परेको निष्कर्ष निकालिएको छ ।
सहरीकरणका कारण मानिसहरु राम्रो रोजगारी र सुविधाका लागि सहरतर्फ बसाइसराइ गरिरहेका छन्। यसरी अभिभावकहरु बसाइ सर्दा बालबालिकाहरुलाई नकारात्मक असर परेको छ।