काठमाडौं, ७ असोज । नबिल बैंक र नेपाल उद्योग परिसंघ, वूमन लिडरसिप फोरमसँग अन्तक्रिया कार्यक्रम गरेको छ । बैंकको अनुसार महिला उद्यमीहरुका लागि नबिल दिगो बैंकिङ र साना तथा मझौला कर्जा विषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा नबिल बैंकले महिला उद्यमशीलताको लागि चालेका कदमहरु र उपलब्ध कर्जाको बारेमा जानकारी गराएको थियो ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले दिगो बैंकिङ मार्फत बैंकले उद्यमशीलताको विकास तथा वित्तिय पहुँचलाई गाउँगाउँमा पु¥याएर त्यहा उद्यमीहरुको सिर्जना गरि दिगो विकासमा टेवा पु¥याउने लक्ष्य लिएको समेत जानकारी दिए ।
त्यसैगरी, कार्यक्रममा फोरम संयोजक छाया शर्माले नबिल बैंकको दिगो बैंकिङ तथा अन्य महिला केन्द्रित पहलहरुको प्रशंसा गर्नुको साथै यसले महिलाको सामाजिक रुपान्तरणमा योगदान पुगोस् भन्दै शुभकामना दिएकी छिन् ।
बैंकको संचालक समेत रहेको फोरम सदस्य आशा राणा अधिकारीले कार्यक्रमले नबिल दिगो बैंकिङलाई सबै महिलाहरुमा पु¥याउन सहयोग गर्ने र आउदा दिनमा यसलाई अझ बढाउदै लगिने बताइन् ।
नबिल बैंकले गत असार १५ गते धान दिवसको दिन नबिल दिगो बैंकिङको सुरुवात गरेको हो ।