एजेन्सी, ७ असोज: विश्वका विभिन्न मुलुकले कोरोना भाइरसविरुद्धको खोपको ‘बुस्टर डोज’ लाई अनुमति दिएका छन् । अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए)ले ६५ वर्षमाथिका नागरिकहरूलाई फाइजरको खोपको दोस्रो मात्रा लगाएको कम्तीमा ६ महिनापछि मात्रै बुस्टर डोज लगाउन अनुमति दिएको हो ।
यस्तै कोरोना भाइरसको सङ्क्रमणपछि गम्भीर अवस्थाको बिरामी हुनसक्ने जुनसुकै उमेर समूहका नागरीहरूका लागि समेत एफडीएले बुस्टर डोज लगाउन अनुमति दिएको छ । विश्व स्वास्थ्य सङ्गठनले भने सन् २०२२ देखि मात्रै बुस्टर डोज लगाउन र त्यतिन्जेल समानुपातिक तरिकाले खोप वितरण गर्न आग्रह गरेको छ ।
बुस्टर डोजलाई सुरुमा इजरेलले आफ्ना नागरिकहरूलाई बुस्टर डोज दिन सुरु गरेको थियो । त्यसपछि जर्मनीसँगै अहिले अमेरिकाले समेत फाइजर खोपको बुस्टर डोज लगाउन अनुमति दिएको हो ।-Photo: Agency