Logo

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी



काठमाडौँ, १० असोज: प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ । मन्त्रिपरिषद विस्तारका लागि सहमति जुटाउन आज (आइतबार) बिहान बैठक बोलाइएको हो । बैठकमा अध्यादेशको खारेजी र मन्त्रिपरिषद विस्तारबारे छलफल हुँदैछ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव लगायतको सहभागिता भएका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्