काठमाडौं, असोज १० । तालिबान अधिकारीले मृत्युदण्ड र अङ्गच्छेनजस्ता कठोर दण्ड फेरि दिन थालिने चेतावनी दिएको भोलिपल्ट चार सन्दिग्ध अपहरणकारीका शवलाई सार्वजनिक स्थानमा झुन्ड्याइदिएको छ ।
बीबीसीका अनुसार अफगानिस्तानको हेरात सहरमा तालिबानले एक व्यापारी र उनका छोरालाई अपहरण गरेको आरोप लागेका मध्येको एकजनाको शवलाई शहरको चोकमा ल्याएर एउटा क्रेनमा झुन्ड्याइएका छन् ।
त्यहाँ पसल सञ्चालन गर्ने वजिर अहमद सिद्दिकीले बताएअनुसार उक्त स्थानमा चारवटा शव ल्याइएको र त्यहाँ एउटा झुन्ड्याइएको थियो भने बाँकी तीन वटालाई सहरका अन्य स्थानमा देखाउन लगिएको छ ।
झुन्ड्याइको शवको छातीमा “अपहरणकारीहरूलाई यसरी दण्ड दिइन्छ” लेखिएको समाचारमा उल्लेख छ ।