Logo

एक्सेल डेभलपमेन्ट संस्थापक शेयर आजदेखि लिलामीमा



काठमाडौं, ११ असोज । एक्सेल डेभलपमेन्ट बैंकको संस्थापक शेयर आजदेखि लिलामीमा आएको छ । कम्पनीले शेयरधनी खगेन्द्र नाग ढुंगानाको नाममा रहेको ३ हजार कित्ता शेयर आजदेखि लिलामीमा ल्याएको हो । बैंकले शेयर बिक्रिका लागि ३५ दिने सुचना सोमबार सार्वजनिक गरेको हो ।

बैंकले शेयर खरिद गर्न विद्यमान शेयरधनीहरुले आवश्यक कागजात सहित ३५ दिनभित्र निवेदन दिन पनि आग्रह गरेको छ । निर्धारीत समयमा संस्थापकहरुबाट आवेदन नपरेमा अन्य व्यक्तिलाई बिक्रि गर्ने समेत जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्