Logo

मोदीको अमेरिका यात्रा र क्वाड



विपिन देव: अफगानिस्तानमा बन्दुकको बलमा भएको सत्ता परिर्वतनले हरेक वैश्विक गठवन्धन र गठजोडलाई प्रभावित गरेको छ । नयॉ समीकरण, शक्ति सन्तुलन, समझदारिमा हेरफेर र कूटनीतिमा आवेश र उदवेग पनि बढेको देखिन्छ । हालै अमेरिका, वेलायत र अष्ट्रेलियाको सैनिक गठवन्धन “अक्स”ले अमेरिका र फ्रान्सको सम्वन्धलाई प्रभावित गरेको देखिन्छ ।

फ्रान्स र अमेरिकाको मित्रताको लामो इतिहास रहेको छ । अमेरिकी स्वतन्त्रता संग्रामदेखि अमेरिकाको आधुनिकीकरणको यात्रामा फ्रान्सको यथेष्ठ योगदान रहेको छ । तर कूटनीतिलाई अर्थनीतिले प्रचुर मात्रामा प्रभावित गरेको देखिन्छ । अमेरिकाले अष्ट्रेलियालाई आणविक पन्डुंब्बी जहाज दिने सहमति लगतै फ्रान्सले गरेको अष्ट्रेलियासँगको सम्झौता स्खलित भएको छ । अर्थात् फ्रान्सले ठुलो धनराशीको नोक्सानी बेहोर्नु परेको छ । आउ‘दो चुनावमा फ्रान्समा यो चुनावी मुद्दा समेत बन्ने सम्भावनालाई नजर अन्दाज गर्न सकिदैन । यही पृष्ठभूमिमा फ्रान्सले आप्mनो राजदुत समेत अमेरिका र अष्ट्रेलियावाट फिर्ता वोलाएको देखिन्छ । कूटनीतिमा राजदुत फिर्ता गर्नु एक किसिमले ब्रम्हास्त्रको प्रयोग गर्नु हो । चीन र भारत विच डोक्लमदेखि गलवानसंगको संवेदनशील अवस्थामा राजदुत फिर्ता गराउने काम भएको छैन । अर्थात् अफगानीस्तानमा भएको परिर्वतन र अक्सको जन्मको पृष्ठभूमिमा मोदीको अमेरिकी यात्रा र क्वाड शिखर सम्मेलनमा सहभागिता भएको छ । वास्तवमा अक्स र क्वाडको विचमा अन्तर बुझ्न जरुरी देखिन्छ ।

अक्स एक किसिमले सैनिक साझेदारी हो भने क्वाड सैनिक गठवन्धन होइन । क्वाडका सदस्यहरूमा अमेरिका, जापान र अष्ट्रेलिया सैनिक साझेदार भएता पनि भारत यसबाट पृथक छन् । अर्को शब्दमा भन्ने हो भने अष्ट्रेलिया र जापानको सुरक्षाको साझेदारी र दायित्व सम्झौताको माध्यमबाट अमेरिकाको जिम्मेवारी रहेको छ भने भारतले अमेरिकासँग यस्तो किसिमको सम्झौता गरेको छैन । तर क्वाडको कार्य क्षेत्र र प्रारुप व्यापक देखिन्छ । सन् २००४ सुनामीले गर्दा यी मुलुकहरूको विच मानवकल्याण कार्यको लागि सम्झदारी भएको थियो । तत्कालीन जापानको नेतृत्व आवेको संक्रियतामा २०१७ पछि क्वाडको सक्रियता वढेको देखिन्छ । यस पटक क्वाडका राष्ट्र प्रमुखहरूको भौतिक उपस्थितिमा क्वाड शिखर सम्मेलन सम्पन्न भएको छ । क्वाडको साझा संकल्पको अनुष्ठान मानव कल्याणसंग जोडिएको छ । कोरोना कहरमा चीनिया भ्याक्सिनको विकल्पको खोजी सारा विश्वले गरिरहेको अवस्था छ । इण्डोनेशिया र ब्राजिलले चिनियाँ भ्याक्सिनको गुणस्तरमा नै शंका व्यक्त गरेका छन् । यस विषम अवस्थालाई मध्य नजर गर्दै भारत, अमेरिका, जापान र अष्ट्रेलियाले १ अर्ब खोप वितरण गर्ने संकल्प अगाडि सारेको छ । अर्थात् अमेरिकाी प्रविधि, जापानी धनराशी, अष्ट्रेलियाको वितरण प्रणाली र भारतको उत्पादन क्षमताले उक्त खोप विश्वको कुना कुनामा पुगाउने उद्देश्यले परिलक्षित रहेको छ । क्वाडको मूल मुद्दा हिन्दमहासागरीय क्षेत्रमा प्रजातान्त्रिक मुल्य र मान्यता अनुसार सामुहिक उपभोग र प्रयोग खुला रुपमा हुनु पर्छ भन्ने मान्यतावाट अभिप्रेरित रहेको छ ।

वर्तमान परिवेशमा हिन्द महासागरिय क्षेत्र विश्वको प्रमुख व्यापरिक मार्ग रहेको छ । ३८ वटा मुलुकहरू इण्डोप्यासिफीक हिन्दमहासागरिय क्षेत्रवाट जोडिएको छ । जसको अर्थात् विश्वको ६२ प्रतिशत जि.डि.पी.को कारोवार गर्ने यी मुलुकहरू नै हुन् । दक्षिण चीन सागरमा चीनको हैकमवादी दृष्टिकोणले आसियान लगायत अष्ट्रेलिया र जापान समेत आतंकित भएका छन् । चीनको सैनिकीकरण र हतियार भण्डारणले गर्दा सामुद्रिक मार्ग दिन प्रति दिन तनाव ग्रस्त रहेको अवस्थामा क्वाडको मुलुकहरू चीनिया दव(दवालाई निस्तेज गर्न क्वाडको सक्रियतालाई बढाएको देखिन्छ । क्वाडका मुलुकहरूमा द्विपक्षिय सम्वन्ध पनि संघन रहेको छ । जापान भारत, भारत अमेरिका, अमेरिका अष्ट्रेलियाले टु-टु मा परराष्ट्र र रक्षा मन्त्रीको सहभागीता र प्रतिनिधित्व हुने गर्दछ । यस पटकको क्वाड शिखर सम्मेलनले अफगानिस्तानको समस्याका बारेमा पनि गहन छलफल गरेको देखिन्छ ।

तालिवानहरूले महिला र अल्पसंख्यक माथि गरेको बर्बरता प्रति ध्यानाकर्षण गरेको छ भने भावी दिनमा मानव संवेदनशीलतालाई अनुभुति गर्दै भोकमरी र अनिकालको संघारमा रहेको अफगानिस्तानलाई बचाउन आवश्यक गृह कार्यको लागि पनि संकल्प जाहेर गरेको छ । साथ साथै कोरनाको कहर पछि प्रजातान्त्रिक कित्तामा रहेको मुलुकहरूको अर्थव्यवस्थामा प्रगति ल्याउन प्रविधि र पू‘जी आदान प्रदान गर्न समेत क्वाड संकल्पित रहेको छ । क्याडको शिखर वैठकको सहभागीता पछि मोदीले अमेरिकासंग द्विपक्षीय सम्वन्धलाई अधिक महत्व दिएको देखिन्छ । अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिसंगको भेटघाटमा अमेरिका र भारतको विश्वका विभिन्न मुद्दाहरूमा साझा दृष्ट्रिकोण रहेको कुरा पनि सार्वजनिक भएको छ । चीनको दबदबा, तालीवानको बर्बरता, पाकिस्तानको दोहोरो चरित्रको बारेमा द्विपक्षिय भेट केन्द्रित रहेको छ । साथ(साथै अमेरिकी कम्पनीहरूका पॉच प्रभावशाली सि.इ.ओ संग समेत व्यापार र लगानीको वारेमा मोदीले छलफल गरेका छन् ।

न्यूर्योक टाइम्पस र वासिंगटन पोष्टले मोदीको संयुक्त राष्ट्र संघको संवोधनलाई उच्च महत्व दिएका छन् । खास अर्थमा मोदीले संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको संरचनामा भारतको दाबेदारीको बारेमा सांकेतिक रुपमा संकेत गरेका छन् भने तालिवानलाई मलजल गर्ने काममा पाकिस्तान र चीनको भूमिकालाई पनि कूटनीतिक भाषामा आलोचना गरेका छन् । सामुद्रिक सुरक्षा, जलवायु परिर्वतन, प्रजातान्त्रिक मुल्य मान्यताको अबलम्वनको वारेमा भारतको दृष्टिकोण र संकल्पलाई समेत उजागर गरेका छन् । संयुक्त राष्ट्र संघको मञ्चलाई उपयोग गर्दै मोदीले कट्टरपन्थी, आतंकवादी, तानाशाही र विस्तारवादीहरूको उद्देश्य एउटै भएको कुरालाई समेत दृष्टिगोचर गरेका छन् । आफ्नो चहकिलो र गहकिलो वाककलाबाट गान्धी, टाइगोर र चाणक्यको उपदेशलाई विश्वका राष्ट्र प्रमुख समक्ष प्रस्तुत गरेका छन् ।

अर्थात् वदलिदो परिवेषमा मोदीको अमेरिकी यात्राले एकातर्फ क्वाडको संरचनालाई वलियो पार्न सफल गरेको छ भने अर्को तर्फ मोदीले तानाशाही र प्रजातान्त्रिक शक्तिहरूको विच कित्ताकाट गर्न पनि सफल भएको देखिन्छ । आउने दिनमा क्वाडको सक्रियता हिन्द महासागरिय क्षेत्रमा बढ्न वित्तिकै चीनको दबदबा विस्तारै विस्तारै निष्तेज हु‘दै जाने छ अर्थात् गरिव मुलुकहरूले चिनियाँ ऋण वोक्न असर्मथ रहेको छ । श्रीलङ्का र पाकिस्तान यसका प्रतिनिधि उदाहरणहरू हुन् । दक्षिण अफ्रिकाका धेरै मुलुकहरू चिनियाँ ऋणको फासोमा फसिसकेका छन् । यस परिवेशमा जापान, अमेरिका, अष्ट्रेलिया र भारत अघि बढ्नु पर्ने आवश्यकता देखिन्छ ।

 

 



प्रतिक्रिया दिनुहोस्