Logo

नागरिक अगुवाबाट को को बन्लान् मन्त्री



काठमाडौं, १२ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गर्दा दुईजना नागरिक समाजका अगुवालाई पनि समेट्ने भएका छन् । सत्ता गठबन्धनका मुख्य दलहरु नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एसबीच यसमा सहमति जुटेको बुझिएको छ ।

नागरिक अगुवालाई मन्त्री बनाउनेमा जसपा भने असहमत भएको बुझिएको छ । मन्त्रीहरुको भागवण्डामा संख्या बढाउनका लागि जसपाले असहमति राखेको बुझिएको छ ।

नागरिक अगुवामध्ये दुईजनालाई मन्त्री बनाउने सहमति बनाइएको छ । उनीहरु काँग्रेस र कम्युनिस्ट निकटहरु पर्ने बुझिएको छ ।

नागरिक अगुवाहरुबाट नाम चयन गरी आज या भोलिभित्र नै टुंगो लगाइने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्