Logo

भ्याक्सिन लिएका जोर्डनका राजकुमारलाई कोरोना



एजेन्सी, १२ असोज । जोर्डनका राजकुमार हल हुसेन बिन अब्दुल्लाहालाई कोरोना भाइरसको संक्रमण भएको छ । उनी संक्रमित भएपछि दरबारमै क्वारेन्टाइनमा रहेको जनाइएको छ ।

जोर्डनको दरबारले विज्ञप्ति जारी गरी राजकुमार हुसेनलाई कोरोना भाइरसको संक्रमण भई लक्षणहरु देखिएको जनाएको छ । उनले कोरोनाविरुद्धको भ्याक्सिन पनि लिइसकेको जनाइएको छ ।

२७ वर्षीय राजकुमार हुसेनले गत वर्षबाट सार्वजनिक उपस्थिति बढाउन थालेका छन् । उनले देशभित्र र बाहिर भेटघाटहरु बढाउन थालेका थिए ।



प्रतिक्रिया दिनुहोस्