गुल्मी, असोज १४ । गुल्मीको इस्मा गाउँपालिका–४ दोहलीमा चट्याङ लागेर बुधबार नौ जना घाइते भएका छन्। ठूलो पानीसहित परेको चट्याङ लागेर १९ वर्षीया रिता नेपाली, २२ वर्षीया गीता नेपाली र ५० वर्षीय झक्य नेपालीसहित नौ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
घाईतमध्ये तीन जनाको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ भने ६ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरी जनाएको छ।