Logo

प्रचण्ड बोल्दा बोल्दै हलभित्र वत्ती गएपछि…



काठमाडौं, १४ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अखिल क्रान्तिकारीको २२औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै थिए । सम्मेलनको सम्बोधन गरिरहँदा हलभित्र अचानक वत्ती गयो ।

सम्मेलनस्थलमा अन्धकार भयो । वत्ती गएपछि प्रचण्ड हतार हतार ड्यास छाडेर सोफामा बस्न पुगे । एकपछि होहल्ला भयो । प्रचण्ड वत्ती आउँदा बसिरहेको देखिए । त्यसपछि उनी पुनः बोल्न थाले ।

पछिल्ला दिनमा काठमाडौंलगायतका शहरहरुमा वत्ती बेला बेलामा जान थालेको छ । केही स्थानमा लामै समय वत्ती जान थालेको छ ।



प्रतिक्रिया दिनुहोस्