काठमाडौं, १५ असोज । टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले “नयाँ फरएभर रेञ्ज” अन्तर्गतको नयाँ गाडी एन.आर.जी.को नेपाली बजारमा सार्वजनिक गरेको छ । उत्कृष्ट कार्यक्षमता र आकर्षक डिजाइन भएको यो गाडी, ह्याच ब्याकमा एसयूभीको जस्तै ड्राईभीङ्ग अनुभव गर्न चाहने युवा ग्राहकहरु तर्फ लक्षित छ ।
“अर्बन टफरोडर” को रुपमा प्रस्तुत गरिएको स्वरुप विशेष खालको छ भने यसको बाहिरी बनावट बलियो र ग्राउण्ड क्लेरेन्स उच्च रहेको छ ।
सेफ्टीको लागि ग्लोबल एनक्यापमा फोर स्टार सेफ्टी रेटिङ्ग प्राप्त यो नयाँ गाडी विभिन्न ४ वटा फरेस्ट ग्रीन, फायर रेड, स्नो हृावाइट र क्लाउडी ग्रे रंगहरुमा उपलब्ध रहेको छ । यो गाडी टेस्ट ड्राइभको लागि सिप्रदीका नेपालभर रहेको शोरुमहरुमा उपलब्ध छ ।
उक्त कार्यक्रममा बोल्दै टाटा मोटसर्् प्यासेन्जर भेइकल इन्टरनेसनल विजनेश हेड मायंक बाल्डीले भने “हामी नेपालमा नयाँ एनआरजी सार्वजनिक गर्न पाउँदा अत्यन्त खुसी छांै । यो टाटाको लोकप्रिय ह्याच ब्याकको टफ भर्जन हो, जसले तपाईलाई हरेक दिन हरेक पल आफ्नै एक विशेष छाप छोड्न सहयोग गर्नेछ । ह्याच ब्याक मोडेलमा पनि एसयुभी जस्तै विशेषताहरु प्राप्त गर्न चाहनेहरुको लागि यो अत्यन्त उपयोगी छ । स्पोर्टी र आरामदायी यात्राको प्रत्याभूति गर्ने यस नयाँ गाडीले नेपालका ग्राहकहरुको मन जित्ने कुरामा हामी पूर्ण विश्वस्त छौं ।”
त्यसैगरी, सिप्रदी ट्रेडिंग प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले भन्नुभयो, “टाटा एनआरजी नेपाली बजारको लागि एक विल्कुलै नयाँ र विशेष गाडी हो जसले हाम्रो टाटा मोटसर्् संगको साझेदारीमा एक अर्को नयाँ कोशेढुंगाको प्रतिनिधित्व गर्दछ । हामी नेपाली ग्राहकहरु समक्ष उत्कृष्ट भन्दा उत्कृष्ट उत्पादनहरु ल्याउनका लागि सदैव प्रतिवद्ध छौं ।”
कम्पनीको अनुसार पुस स्टार्ट बटन, रिएर पार्किङ्ग क्यामरा र अटो फोल्ड ओआरभीएम जस्ता विशेषताहरुले यसको आकर्षणमा नयाँ आयाम थपेको छ । बलियो बाहिरी वनावट र स्पोर्टी भित्री वनावट भएको एनआरजीमा अप्ठ्यारा कच्ची सडकहरुमा सुरक्षा र सहजताका साथ यात्रा गर्न सकिन्छ । १२०० सिसिको इन्जिन क्षमता सहित म्यानुअल र एटिएम ट्रान्समिसन भएको यो गाडीले सर्वोत्कृष्ट शक्ति र कार्यक्षमताको प्रत्याभुति गर्दछ ।