काठमाडौं, १५ असोज । नेकपा एमालेको विधान महाधिवेशनले काठमाडौंको केही सडकका पोल पोलमा केपी शर्मा ओलीको तस्बिर झुण्डिएको देख्न सकिन्छ । माइतीघरबाट नयाँ बानेश्वर हुँदै गोदावरी सम्मको पोलमा ओलीको तस्बिर झुण्डिएको छ ।
विधान महाधिवेशनमा ओलीको तस्बिरको ठिक माथि सुर्य चिन्ह देख्न सकिन्छ । कार्यक्रमस्थलमा पनि ओलीको ठूलो प्रतिमा तयार गरी राखिएको छ । पछिल्लो समय ओलीलाई एमालेको पर्यायवाचीका रुपमा प्रस्तुत गर्न थालिएको छ ।
ओली प्रधानमन्त्री हुँदा सामाजिक सुरक्षा कोषको सुरुवात हुँदा पनि ओलीको तस्बिर झुण्ड्याइएको थियो । एमालेको इतिहासमा ओलीलाई नै सबैभन्दा प्रभावशाली नेताका रुपमा प्रस्तुत गर्न थालिएको छ ।