पर्वत, १५ असोज । मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा मोदी गाउँपालिका–५ बस्ने २४ वर्षीय सुर्यबहादुर भण्डारी बिहीबार पक्राउ परेका हुन् ।
१४ वर्षीया किशोरीलाई असोज ६ गते भण्डारीले प्रेमको नाटक गरी विभिन्न प्रलोभनमा पारी नेपाल भारत सिमाना जोगबनी पुर्याएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई कुश्मा नगरपालिका–६ शिवालय चोकबाट पक्राउ गरेको हो ।
उनीमाथि मानव बेचबिखन तथा ओसारपोसार मुद्दामा जिल्ला अदालत पर्वतबाट १० दिन म्याद थप लिई आवश्यक अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।