Logo

पशुपतिको बाबाले गाजाँ नदिँदा छुरा प्रहार गर्ने पक्राउ



काठमाडौं, १५ असोज । पशुपतिका बाबालाई असोज ११ गते छुरा प्रहार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पशुपतिका सन्तोष भन्ने बाबालाई बिहान ६ बजेतिर छुरा प्रहार गर्ने चितवनको जगतपुरका तारा बहादुर लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो । लामिछानेले बाबा सन्तोषलाई गाजाँ मागेको र नदिएपछि छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।

लामिछानेलाई आज प्रहरीले हेपाली हाईटबाट पक्राउ गरी सार्वजनिक गरेको हो । लामिछानेको झोलाबाट खुकूरी बरामद गरेको प्रहरीले जनाएको छ । छुरा प्रहारबाट घाइते भएका सन्तोष बाबाको ट्रमा सेन्टरमा उपचार भैरहेको छ ।



प्रतिक्रिया दिनुहोस्