Logo

काठमाडौं र भैरहवा बीचको खेल स्थगित



काठमाडौँ, १६ असोज। एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट अन्तर्गत शनिबार काठमाडौं किंग्स ११ र भैरहवा ग्लाडियटर्स बीचको खेल स्थगित भएको छ । सामन्य वर्षापछि मैदान भिजेका कारण खेल स्थगित भएको हो । मैदान भिजेका कारण रद्द भएको यो पाँचौं खेल हो ।

यसअघि रद्द भएका खेल पुनर्तालिका गरे पनि यो खेललाई पुन खेलाइने हो वा होइन भन्ने बारे आयोजकले केही जनाइसकेको छैन । भैरहवाले पोखराविरुद्धको खेलमा ६५ रनमा ७ विकेट लिइसकेको अवस्थामा वर्षाले थप खेल हुन दिएको थिएन । भैरहवाको ललितपुर प्याट्रियट्ससँगको खेल ‘टाई’ भएको थियो ।



प्रतिक्रिया दिनुहोस्