Logo

ओलीले जुन दिन प्रतिनिधिसभा विघटन गरे, त्यही दिनदेखि म बालुवाटारको जेलबाट मुक्त भएँ : प्रचण्ड



काठमाडौं, १६ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले तत्कालिन् प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग विद्रोह गरेको स्मरण गराएका छन् । आज पार्टीको सम्पर्क मञ्चका कार्यकर्तालाई प्रशिक्षण दिने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले प्रतिक्रियावादीहरुले अहिले पनि माओवादीलाई घेरामा हालेर सखाप पार्ने रणनीति अपनाएको र आफूहरुले त्यो घेरा तोडेर प्रतिक्रियावादीहरुलाई परास्त गरेको दाबी गरे । उनले अहिले पनि लडाई जारी नै रहेको सुनाए । उनले भने,‘हामी अहिले रक्तपादहीन युद्धको राजनीतिमा छौं । यो कुरा स्थापित भईनैसक्यो ।’

उनले यसअघिको तीन वर्ष जेलभित्र बसेको जस्तो भएको पनि सुनाए । उनले ओलीले जहिल्यैपनि जालझेल मात्रै गरेको पनि टिप्पणी गरे । उनले भने,‘विहान पनि दर्शन भेट गरेको छ, बेलुका पनि दर्शन भेट गरेको, म मौकाको पखाईंमा थिएँ । जुन दिन उनले प्रतिनिधिसभा विघटन गरे, त्यही दिनदेखि मलाई बालुवाटारको जेलबाट मुक्त भएँ ।’



प्रतिक्रिया दिनुहोस्