Logo

कोरोना संक्रमणबाट वडा सदस्यको निधन



डडेल्धुरा, असोज १७ । कोरोना संक्रमणबाट डडेल्धुरामा एक जना वडा सदस्यको निधन भएको छ। जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर ५ जिलोडाका वडा सदस्य रहेका ७० वर्षीय जगन्नाथ ओझाको कोरोनाबाट निधन भएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ।

असोज १४ गते अस्पताल भर्ना भएका उनको शनिवार राति ज्यान गएको हो। १४ गतेबाट नै उनको भेन्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो। वडा सदस्यको निधन भएपछि अमरगढी नगरपालिकाले आज शोक विदा दिएको छ।



प्रतिक्रिया दिनुहोस्