एजेन्सी, १७ असोज । नेपाललाई प्रख्यात शिवको मूर्ति अमेरिकी संग्रहालयले फिर्ता गरेको छ । १०औँ शताब्दीमा कंकेश्वरी मन्दिरमा रहेको शिवको मूर्ति चोरी भएको थियो । उक्त मूर्तिलाई अमेरिकी संग्रहालयले नेपलालाई बुझाएको छ ।
उक्त मुर्तिलाई अमेरिकी संग्रहालयले बिहीबार फिर्ता गरेको हो । न्यु योर्कस्थित रहेको नेपाली कन्सोलेट र मेट्रोपोलिटन संग्रहालयले सामूहिक रुपमा उक्त मूर्ति नेपाललाई फिर्ता गरेको जानकारी गराएको टाइम्स अफ इन्डियाले लेखेको छ ।
कन्सोलेट जेनरल विष्णु प्रसाल गौतम र संग्रहालयका प्रेसिडेन्ट डेनियल एच वेसले फिर्ता गर्ने विषयमा हस्ताक्षर गरेको संग्रहालयले जनाएको छ । मूर्तिको लम्बाई १३ इन्च रहेको जनाइएको छ । अमेरिकी संग्रहालयमा उक्त मूर्ति सन् १९९५ मा राखिएको थियो ।
नेपाली प्रख्यात लेखक लैन सिंह बाङदेलले प्रकाशित गरेको किताबमा शिवको मूर्ति नेपालको पहिचान रहेको जिकिर गरेको गियो । र, यसलाई नेपाललाई फिर्ता गर्नुपर्ने उल्लेख गरिएको थियो । संग्रहालयका प्रेसिडेन्टले आफूहरुले नेपालीलाई मूर्ति फिर्ता गरेकोमा खुशी व्यक्त गरेका छन् ।-Photo: Agency