काठमाडौं, १७ असोज । सिटिजन्स बैंकले ओम्नी च्यानलमा आधारित डिजिटल बैंकिङ्ग सेवा विस्तार गरेको छ । आफ्ना बैंकिङ्ग सेवाहरु मोबाइल फोन वा वेब ब्राउजरका माध्यमबाट समेत प्रयोग गर्न मिल्ने गरी बैंकले डिजिटल बैंकिङ्ग सेवाको विस्तार गरेको हो ।
बैंकको अनुसार हालको मोबाइल बैंकिङ्ग एपलाई स्तरोन्नती गर्दै बैंकले सिटिजन्स बैकमा खाता भएका एवं नभएका ग्राहकहरुलाई समेत लक्षित गर्दै बिना चेक इ–क्यास पठाउने, रकम जम्मा गर्न अघि इ भौचर प्रयोग गर्ने, बैंकमा अपोइन्टमेन्ट लिने लगायतका सुबिधा थप गरेको हो ।
साथै ग्राहकहरुले मुद्दति खाता खोल्ने, रेमिटेन्स पठाउने, खाताको बिबरण हेर्ने, रकमान्तर गर्ने, अनलाइन भुक्तानी गर्ने, क्यूआर कोड मार्फत भुक्तानी गर्ने लगायतका उपयोगी सेवा प्राप्त गर्न सक्नेछन् । यस स्तरोन्नत्ती संगै अब बैंकका ग्राहकहरुले बैंकमा नगई मोवाईल वा कम्प्यूटरका माध्यमबाट घरमै बसिबसि बिभिन्न बैंकिङ्ग सेवाहरु सहज रुपमा प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ ।
हालसम्म बैंकले १८३ वटा शाखा, १२१ वटा एटिएम, १११ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।