Logo

विप्लवले प्रकाशमानलाई चाक्सीबारीमा भेटे, के के कुरा भयो



काठमाडौं, २० असोज । नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहलाई भेट्न नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव चाक्सीबारी पुगेका छन् । विप्लवले सिंहसँगको भेटमा महत्वपूर्ण राजनीतिक कुराकानी गरेको बुझिएको छ ।

विप्लवले गणेशमान सिंहको नेपालको राजनीतिक आन्दोलनमा महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै प्रकाशमान सिंहबाट पनि त्यही अपेक्षा भएको बताएका थिए । उनले वैज्ञानिक समाजवादमा जानुपर्ने भन्दै जनमतसंग्रहबाट त्यसको निर्णय हुनुपर्ने भन्दै साथ र सहयोगको आग्रह गरेका थिए ।

जवाफमा सिंहले संविधान उत्कृष्ट रहेको र कमी कमजोरी छन् भने जनताको म्यान्डेट लिएर संशोधन गर्न सकिने बताएको बुझिएको छ । उनले विप्लवलाई लोकतन्त्र बलियो बनाउन भूमिका खेल्न आग्रह गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्