Logo

पाकिस्तानमा भुकम्प जाँदा २० जनाको मृत्यु



एजेन्सी, असोज २१ । पाकिस्तानको बलुचिस्तान प्रान्तमा आज बिहान आएको भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ ।

विपद् व्यवस्थापन अधिकारीहरुका अनुसार भुकम्पमा परी मृतकको संख्या बढ्न सक्ने बताएका छन् ।

सामाजिक सञ्जालमा देखिएका तस्बिरहरुमा क्‍वेटा शहरका मानिसहरु भूकम्पपछिको सडकमा बाहिर जम्मा भएको देखिएका छन् । प्रारम्भिक सूचनाअनुसार भुकम्प ५।७ स्केलसम्मको मापन भएको हुनसक्ने अधिकारीहरुले बताएका छन् । यद्यपी विस्तृत विवरण भने आइसकेको छैन ।



प्रतिक्रिया दिनुहोस्