Logo

प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारी बीचको भेटवार्ता सम्पन्न, सम-सामयिक विषयमा छलफल



काठमाडौँ, २२ असोज: प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी बीचको भेटवार्ता सम्पन्न भएको छ। प्रधानमन्त्री देउवा राष्ट्रपति भण्डारीलाई भेट्न आज (शुक्रबार) बिहान शीतल निवास पुगेका हुन्। प्रधानमन्त्री देउवाले राजनीतिक भेटघाट र समसामयिक विषयमा छलफल गरेको जनाइएको छ ।

भेटवार्तामा मन्त्री मण्डल विस्तारका विषयमा छलफल भएको थियो। प्रधानमन्त्री देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेपनि भेटमा देउवाले मन्त्रीहरुको सूची राष्ट्रपतिलाइ न बुझाएको जनाइएको छ ।

सत्ता गठबन्धनमा आवद्ध सबै दलले मन्त्रीको नाम दिए प्रधानमन्त्री देउवाले शुक्रबार मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा छन्। शुक्रबार बिहानैदेखि सत्ता गठबन्धन दल मन्त्री छान्न आन्तरिक छलफलमा जुटेका छन्।-File Photo



प्रतिक्रिया दिनुहोस्