काठमाडौं, २४ असोज । नेपाल बंगलादेश बैंकको आज बसेको संचालक समितिको बैठकले १५ दशमलव ५० प्रतिशत लाभांश घोषणा गरेको छ ।
बैंकले २०७७/७८ को नाफाबाट १२ प्रतिशत बोनस शेयर र ३.५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । अब साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले प्राप्त गर्न सक्नेछन् । बैंकले गरेको यो लाभांश ५ वर्ष यताकै उच्च हो ।